सहज जितसँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा

१९ मंसिर, काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।

अब इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको सामना गर्नेछ ।

पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment