सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा

१७ मंसिर, काठमाडौं । स्विट्जरल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो ।
रोमान्चक खेलमा शेरदान शाकिरीले २० औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए ।

३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई३-२ को जित दिलाए ।

यस जितसँगै स्विट्जरल्यान्ड ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डले ३ खेलमा ६ अंक जोड्यो ।

सर्बिया ३ खेलमा १ अंक जोडेर बाहिरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment