अमेरिका नकआउट चरणमा

काठमाडौं । अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।

उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो ।

इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment