घानाद्वारा दक्षिण कोरिया पराजित

१२ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियाविरुद्ध जित हासिल गरेको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३-२ गोल अन्तरले जित हात पारेको हो ।

खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो । कोरियाका लागि चो गि सुङ्गले ५८ औं तथा ६१ औं मिनेटमा १-१ गोल फर्काए ।

६८ औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको गोल नै निर्णायक भयो ।

जितसँगै घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ ।

हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ ।

घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो ।

दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment