ब्राजिलको जितमा रिचार्लीसनको दुई गोल

०९ मंसिर, काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।

लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो । ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे ।

खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ ।

ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

सर्बिया अंक विहीन रहदै पुछारमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment