सुनको भाउ सामान्य घट्दा चाँदीको भाउ उकालो लाग्यो

०६मंसिर, काठमाडाैं । सुनको भाउ सामान्य घट्दा मंसिर ६ गते मंगलबार चाँदीको भाउ भने उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मअघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले महङ्गिएको छ ।

महासंघका अनुसार आजका लागि छापावाला सुन ९७ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ७०० र चाँदीको भाउ १ हजार २८० रुपैयाँ तोकिएको छ ।

हिजो साेमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ, तेजावी सुन ९७ हजार रूपैयाँ र चाँदी १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले सस्तिएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १७४१ डलर तथा चाँदी प्रतिऔंस २१.०४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNews
Comments (0)
Add Comment