भ्यालेन्सिया कतार विश्वकपको पहिलो गोलकर्ता

०४ मंसिर, काठमाडौं । इक्वेडरका इनर भ्यालेन्सिया कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् ।

कतारको अल बायत स्टेडियममा जारी कतारविरुद्धको उद्घाटन खेलमा गोल गर्दै भ्यालेन्सिया पहिलो गोलकर्ता बनेका हुन् ।

clasic tec
इक्वेडरका कप्तान समेत रहेका भ्यालेन्सियाले १६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको हो।

त्यस अघि उनले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड दिएको थियो ।

जारी खेलमा इक्वेडरले कतारविरुद्ध १-० को अग्रता बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment