विश्वकपमा अधिकांश दर्शकले मदिरा पिउन नपाउने

०३ मंसिर, दोहा l कतारस्थित आठवटा रंगशालमा विश्वकप फुटबल प्रतियोगिताका दौरान खेल प्रशंसक तथा दर्शकलाई रक्सी बिक्री नगरिने भएको छ । विश्वकप सुरु हुनु दुई दिनअघि मात्र फिफाले यस कदमका लागि आफ्नो पूर्व नीति परिवर्तन गरेको हो ।

तर, मुस्लिम मुलुक कतारमा मदिरा बिक्री वितरणमाथि कडा नियन्त्रण रहेपनि यसअघि रंगशालाका केही निश्चित क्षेत्रहरूमा रक्सी सर्भ हुने व्यवस्था मिलाइएको थियो ।

यद्यपि फुटबल प्रतियोगिताका बेला रंगशालाहरूका कर्पोरेट क्षेत्रहरूमा भने सजिलै मदिरा खरिद गर्न सकिने छ ।

आइतबारदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । पहिलो खेल कतार र इक्वेडरबीच हुने भएको छ ।

बियर निर्माता कम्पनी एबी इनबेभको स्वामित्वमा रहेको ‘बडवेजर बियर’ फिफाको प्रमुख प्रायोजक रहेको छ । त्यसैले यससँग विश्वकपमा बियर बेच्ने विशेष अधिकार रहेको छ ।

दि फुटबल सपोर्टर्स एसोसिएसन (एफएसए)ले अधिकाशं दर्शकलाई गरिने बियर बिक्रीमाथिको प्रतिबन्ध निर्णयको समयलाई लिएर आलोचना गरेको छ । बीबीसीबाट



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment