थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कुल नमूनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

यसअवधिमा ३० जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment