अभिनेत्री बिपाशा बनिन् आमा

२७ कार्तिक, एजेन्सी । भारतीय अभिनेत्री बिपाशा बासुले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् ।

बिपाशाले १२ नोभेम्बरमा छोरीलाई जन्म दिएकी हुन् । करण सिंह ग्रोवर र बिपाशा लामो समयदेखि यो क्षणको प्रतिक्षामा थिए । दुवै आफ्नो बच्चालाई लिएर निकै उत्साहित थिए, अन्ततः विवाहको ६ वर्षपछि यी दम्पतीले छोरीलाई जन्म दिएका हुन् ।

बिपाशाले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा छोरीको आगमनको औपचारिक घोषणा गरेकी छिन् । उनले छोरीको नाम देबी बासु सिंह ग्रोवर राखेकी छन् । बच्चाको जन्म हुनुअघि नै बिपाशाले बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा आफ्नो घरमा छोरी होस् भन्ने चाहाना राखेको बताएकी थिइन् ।

बिपाशाले यसै वर्षको अगस्टमा आफ्नो गर्भावस्थाको जानकारी फ्यानसँग सेयर गरेकी थिइन् । त्यसयता उनले आफ्नो गर्भावस्थाका दिनका धेरै तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

बिपाशा र करणको विवाह ३० अप्रिल २०१६ मा भएको थियो । करण र बिपाशाको भेट फिल्म ‘अलोन’ को सेटमा भएको थियो । केही समय एकअर्कालाई डेट गरेपछि करण र विपाशाले अन्ततः विवाह गरेका थिए ।

बिपाशा करणको तेस्रो श्रीमती हुन् । यसअघि करणले टिभी अभिनेत्री जेनिफर विङ्गेट र श्रद्धा निगमसँग विवाह गरेका थिए तर दुवै टिक्न सकेन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment