दक्षिण युक्रेनका ४० सहर रुसी कब्जाबाट मुक्त गरिएको जेलेन्स्कीको दाबी

२६कात्तिक, एजेन्सी। किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू रुसी कब्जाबाट मुक्त गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

मस्कोले आफ्नो सेनाले रणनीतिक सहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।

यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४०० मिलियन डलरबराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् ।

रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।

‘आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,’ जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने ‘चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ ।’ उनले ४० वटा वस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment