धर्म र संस्कृति रक्षा गर्नेलाई मतदान गरौंः विश्व हिन्दु महासंघ, नेपाल

२४ कार्तिक, काठमाडौं । विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो।  हिन्दु धर्मप्रति सद्भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका उपसभापति प्रविण घिमिरेले बताए।  महासंघले धर्मप्रति घृणा फैल्याउने तथा धर्म निरपेक्षता र संघीयताको वकालत गर्नेहरुलाई भने निर्वाचनमा मत नदिन आग्रह गरेको छ।

महासंघले नेपाली जनताको बृहत धार्मिक एकता कायम गरेर धर्म निरपेक्षता र संघीयतालाई परास्त गर्ने चेतावनी समेत दिएको छ।  उपसभापति घिमिरेले कृषि, वन, पर्यटन, जलस्रोत र जडिबुटीको परिचालन गरेर १५ वर्ष भित्र ५० लाख युवाहरुलाई देशभित्र रोजगारी दिने प्रबन्ध मिलाउन आफूहरु लागि परेको दावी समेत गरे।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment