मध्य भोटेकोशीको नोक्सानी करिब २ करोड पुग्यो

२४कात्तिक, काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत कम्पनी चालु आर्थिक वर्ष २०७९।८० को पहिलो तीन महिनामा १ करोड ८५ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।

गत आवको सोही अवधिमा ७२ लाख ६९ रुपैयाँ मात्र नोक्सानी ब्यहोरेको उक्त कम्पनीको प्रशासनिक खर्च बढेपछि नोक्सानी पनि बढेको हो ।

मध्य भोटेकोशी जलविद्युत परियोजना निर्माणकै चरणमा रहेका कारण आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छैन । कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

जलविद्युत कम्पनीहरुको आयको प्रमुख स्रोत नै बिद्युत बिक्री हुने भएकाले कम्पनीको खर्च बढ्ने तर आम्दानी सुरु नभइसक्दा नोक्सानी चुलिएको हो । गत आवको पहिलो त्रैमासमा ७५ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको कम्पनीको चालु आवको सोही अवधिमा बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ३६ करोड ५३ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९३.११ रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.२४ रुपैयाँ नोक्सानीमा छ ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment