विवाहको सात महिनामै आमा बनिन् बलिउडकी चर्चित नायिका आलिया भट्ट

२३ कात्तिक, एजेन्सी । बलिउड नायिका आलिया र रणवीर कपुर आमा बाबु बनेका छन् । उनीहरु पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका छन् । सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

विवाहको सात महिनामै आमा बनिन्

यो जोडी आमा बुबा बनेसँगै बधाइ दिनेको ओइरो लागेको छ । उनीहरूले गत अप्रिलमा विवाह गरेका थिए । यो जोडीले घरमा नै परम्परागत ढंगले थोरै मान्छेको उपस्थितीमा विवाह गरेका थिए ।

उनीहरूले यसरी विवाह गर्नुको कारण आलिया विवाहअघि नै गर्भवती भएको संचार माध्यमले बताएका थिए । विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमा बाबु बन्न लागेको तस्विर बाहिर ल्याएदै घाेषण गरेका थिए । आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिएकी छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment