दार्चुलामा प्रधानमन्त्री देउवा र प्रचण्डको एक स्वर : ओलीले चुच्चे नक्सामा आत्मसमर्पण गरे

२३ कात्तिक, दार्चुला । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दार्चुला पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै देउवा र प्रचण्ड पूर्व प्रधानमन्त्री समेत रहेका ओलीविरुद्ध खनिएका हुन् ।

ओलीले झुठा आश्वासन र प्रलोभन दिएको भन्दै प्रतिकार गरेको दुवै जनाले कालापानी, लिपुलेक र लिम्पिया धुरा समेटिएको चुच्चे नक्सामा ओली आत्मसमर्णण गर्न बाध्य भएको प्रचण्डले आरोप लगाएका छन् ।

‘ओलीले होइन म समेत अत्यधिक बहुमतले चुच्चे नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो, भ्रममा नपर्नुहोला म पनि त्यही पार्टीको अध्यक्ष थिए,’ प्रचण्डले भने, ‘केही समयपछि चुच्चे नक्साको विषयमा ओलीले आत्मसमर्पण गरेका छन् ।’

तत्कालीन नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनको दाबी थियो । उनले ओली चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप समेत लगाएका छन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समेत चुच्चे नक्सा ल्याउनमा ओलीको भन्दा पनि प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिका बढि भएको दाबी गरे ।

‘ओलीजीले दार्चुला आएर के–के गर्छु भनेर धेरै किसिमका अफवाह र प्रलोभन दिएर जानुभएको रहेछ । कालोपानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमी हो,’ सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुच्चे नक्सा आफूले ल्याएको भनेर झुठा कुरा गर्दैहुनुहुन्छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले ल्याएको हो । हामी सबैले संसदबाट बहुमतले पारित गरेको सबैलाई थाहा छ ।’

नेपालको भू–भाग नेपालको अधिनमा ल्याउनुपर्छ भन्नेमा दुईमत नभएको पनि बताएका छन् । उनले अहिलेको व्यवस्थाको रक्षाका लागि भएपनि गठबन्धनलाई जिताउनु आवश्यक रहेको भन्दै उम्मेदवारका लागि मत मागेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment