सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

२२कात्तिक, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइनबाट सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ ।

बैंकका ग्राहकहरुलाई सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment