चीनमा कोभिड संक्रमण फैलिँदै जाँदा कच्चा तेलको माग घट्यो, मूल्यमा पनि गिरावट

२२ कात्तिक, काठमाडाैं । विश्वभर कोभिड–१९ संक्रमण कम हुँदै गरेको समयमा, चीनमा संक्रमण बढिरहेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि चीनले शून्य कोभिड नीति अवलम्बन गरिरहेको छ । जसकारण उद्योग, कलकारखाना बन्द रहेका छन् । चीनले कोभिड संक्रमण नियन्त्रण गर्नका लागि आवागमन र उद्योग, कलकारखानाहरु बन्द गर्दा चीनमा कच्चा तेलको माग घटेको छ ।

चीनमा बढ्दो कोभिड संक्रमण र विश्व अर्थतन्त्र मन्दी उन्मुख हुँदा कच्चा तेलको मागमा कमी आएको छ । यसैबीच कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ।

आज ब्रेन्ट क्रुडले ९७.६१ डलर प्रति ब्यारलमा काम गरिरहेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)ले ९१.४३ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ ।

यस साताको सुरुवातको मूल्यको तुलनामा ब्रेन्ट क्रुड ०.३ प्रतिशत प्रति ब्यारलले घटेको छ भने डब्लुटीआई ०.४ प्रतिशत प्रति ब्यारलले घटेको छ । चीनको गुहाङज्उ सहरमा कोभिड संक्रमण फैलिँदै गएपछि चीनका केही सहरहरुमा लकडाउन कायम नै रहेको छ ।

कोभिड–१९ संक्रमणका कारण चीनका मुख्य औद्योगिक सहरहरुमा लकडाउन गरिएको छ । जसकारण तेलको मागमा कमी आएको छ । लकडाउन कायमै रहँदा चीनको अक्टोबर महिनाको व्यापारमा पनि सन् २०२० मे महिना यताकै कमी आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment