अमेरिकी गायिका सेलेना गोमेजको आमा बन्न नपाउने चिन्ता

२० कार्तिक, एजेन्सी । अमेरिकी गायिका सेलेना गोमेज आफ्नो व्यवसायिक र नीजि जिवनलाई लिएर चर्चामा आउने गरेकी छन् । उनले हालै खुलासा गरेको एउटा कुराले सबैलाई छक्क बनाएको छ । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनले चिन्ता व्यक्त छन् ।

कम उमेरमा हलिउडमा सफलता पाएकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई लागेको रोगको बारेका बताएकी छन् । उनले बायपोलर डिसअर्डरको रोग लागेकाे खुलाएकी थिइन् ।

सेलेनाले एक अन्तरवार्तामा आफू सायद कहिल्यै आमा नबन्ने कुरा बताएकी छन् । सेलेना हालैमात्र रोलिङ स्टोन म्यागाजिनको कभरमा देखिएकी थिइन् ।

उनले पत्रिकासँग आफ्नो भावी योजनाका बारेमा कुराकानी गरेकी थिइन् । कुराकानीमा सेलेनाले आफूलाई परिवार बढाउन मनपर्ने भए पनि आफ्नो ‘मेडिकेसन’का कारण त्यो खतरनाक हुने उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘म गर्भवती हुनका लागि प्रयासरत एक साथीलाई भेट्न गएकी थिएँ । साथीको अवस्था देखेपछि म आफ्नो कारमा गएर रोएँ । किनकी मैले पनि बच्चालाई कहिल्यै पनि जन्म दिन नसक्ने हो कि भन्ने चिन्ता थियो ।’

सेलेनाले बायपोलर डिसअर्डरको औषधिका कारण सन्तान जन्माउनु सन्तान र आमा दुवैका लागि खतरनाक रहेको बताएकी छन् ।

यसअघि सन् २०१४ मा सेलेनालाई ल्यूपस रोगका कारण अस्पताल भर्ना गरिएको थियो । जहाँ गायिकाको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । त्यो किड्नी उनको साथीले दिएकी थिइन् ।

सेलेनाले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराहरूको खुलासा गरेकी थिइन् ।

उनले पूर्वप्रेमी जस्टिन बिबरसँग अलग हुनुलाई अहिलेसम्मकै महत्वपूर्ण क्षण भएको समेत उनले बताएकी छन् ।



मल्टिमिडिया ग्यालरी

Coronavirus
Comments (0)
Add Comment