करिना कपूरले घरमा राखेको पार्टीमा निकै हल्ला भएपछि छिमेकीले प्रहरी बोलाएपछि

२० कार्तिक, मुम्बई । अधिकांश दर्शकको चाहना आफ्ना मन पर्ने कलाकार अनुशासनमा बसुन भन्ने हुन्छ । अझ ती कलाकारका छिमेकीहरूमा यस्तो चाहना अझ बढी हुन्छ । तर, केही कलाकार भने अवसर पाउन साथै आफ्नो रवाफ देखाइ हाल्ने स्वभावका हुन्छन् । यस्तो हर्कतबाट सबैभन्दा बढी पीडित छिमेकी नै हुन्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जसका कारण उनीहरूका छिमेकीले प्रहरीको समेत सहयोग माग्नु परेको उदाहरण छ ।

करिना कपूर खान:सैफ अली खानकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपूर खानको नाम यो सूचीमा पहिलो स्थानमा छ । उनले सन् २०१६ मा घरमा एक फिल्मको सक्सेस पार्टी राखेकी थिइन् । जुन पार्टीमा निकै हंगामा भएको थियो । हंगामाबाट सुत्न नसकेपछि छिमेकीहरूले प्रहरीलाई गुहारेका थियो ।

शाहिद कपूर:भिनेता शाहिद कपुरको नाम सूचीको दोस्रो स्थानमा छ । उनले जुहुस्थित घरको मर्मत गरिरहँदा त्यहाँ काम गर्ने मजदुरहरूले छिमेकीलाई निकै दुःख दिएका थिए । यही कारण छिमेकीले प्रहरीमा उजुरी दिएका थिए ।

रणवीर कपूर:अभिनेता रणवीर कपूर लेट नाइट पार्टीका कारण चर्चामा आइरहन्छन् । पार्टीको समयमा संगीत निकै चर्को बज्थ्यो । जसकारण छिमेकीहरू तनावमा हुन्थे । रणवीरको यही बानीका कारण प्रहरीले एकपटक प्रहरी कहाँ उजुरी नै दिनुपरेको थियो ।

ऐश्वर्या राय बच्चन:अभिनेत्री ऐश्वर्या राय बच्चनबाट पनि उनका छिमेकी पीडित थिए । त्यो समयमा उनको अभिनेता सलमान खानसँग अफेयर चलिरहेको थियो । एक दिन सलमान अबेर रातमा ऐश्वर्याको घरमा पुगेर होहल्ला गरेका थिए । यो होहल्लाले छिमेकीलाई अवरोध गरेपछि उनीहरू प्रहरीको शरणमा पुगेका थिए ।

शक्ति कपूर:अभिनेता शक्ति कपूर पनि यो मामलामा अछुतो छैनन । समाचारअनुसार शक्ति लिफ्टमा पिसाब गर्थे । उनको यो बानीले छिमेकीहरू हैरान थिए । यसबाहेक उनी विना कपडा करिडोरमा घुम्थे । उनको यही बानीले दिक्क भएका छिमेकीले प्रहरीमा उजुरी दिएपछि उनले माफी माग्नु परेको थियो ।

प्रीति जिन्टा:अभिनेत्री प्रिती जिन्टा भलै अहिले बलिउडबाट टाढा छिन् । तर, छिमेकीलाई दुःख दिने मामलामा उनी पनि कम थिइनन् । प्रिती मुम्बईमा जुन फ्ल्याटमा बस्थिन्, त्यहाँ बडीगार्डका साथ पार्क घुम्थिइन् । उनका बडीगार्ड खेलिरहेका बच्चालाई गाली गर्थे । बडीगार्डको व्यवहारबाट छिमेकीहरू रिसाएपछि प्रहरीमा उजुरी दिएका थिए ।

आदित्य पंचोली:अभिनेता आदित्य पन्चोली बलिउडका विवादित कलाकारमा पर्छन । उनको छिमेकीसँग कैयौं पटक झगडा भइसकेको छ । उनले छिमेकीको नाक समेत फुटाइदिएका छन् । यो मामला प्रहरीसम्म पुगेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment