नेपाली कलाकार समाजको अध्यक्षमा संगितकार केशव सापकोटा

१२ कार्तिक, काठमाडौं । जनता डिजिटल प्रा.लि का संचालक एवम् चर्चित संगितकार केशव सापकोटा नेपाली कलाकार समाज को अध्यक्ष पदमा सर्बसम्मत चयन भएका छन् । नेपाली कलाकारको हकहितका लागि गठन भएको उक्त संस्थाको कुनै राजनीतिक दल विशेष नभई कलाकारको आवाज बोल्ने संस्था भएको अध्यक्ष सापकोटाले बताए।

अध्यक्ष सापकोटाले कलाकारलाई राज्यले राज्यको गहना भनेता पनि राज्यले संरक्षण र सम्मान गर्न नसकेको गुनासो व्यक्त गर्दै मेरो काधमा नयाँ दायित्व थपिएको छ प्राविधिक, गितकार,संगितकार आदि सबैलाई कलाकारको हकहितका लागि काम गर्ने साझा संस्थामा आवद्ध गराई राज्यको एउटा संगठित संस्था बनाउने दाबी गरे।

७ वटा प्रदेशमा प्रदेश प्रमुख, ७७ वटा जिल्लामा जिल्ला अध्यक्ष र बिदेशका १२० वटा देशमा बिदेश बिभाग प्रमुख रहने समेत जानकारी गराएका छन् । हाल सम्म गठन जापानको अध्यक्ष भुवन सापकोटा,कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम,गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोख्रेल,नवलपरासी जिल्ला अध्यक्षमा तिर्थ सापकोटा,प्रचारप्रसार बिभाग प्रमुखमा समीर नेपाल लाई जिम्मेवारी दिएको अध्यक्ष सापकोटाले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment