रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्नेको घुइँचो ( हेर्नुहोस् तस्बिर)

१० कार्तिक, काठमाडौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्नेको घुइँचो लागेको छ। मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment