किन ग्रामिण क्षेत्रमा ओझेल परेका छन् शैक्षिक शिक्षा स्तर उन्नति

सराेज राई
०१ कार्तिक, खाेटङ । हलेसी तुवाचुङ नगरपालिका व.डा.नं.९ साविक सल्ले गा.वि.स मा विभिन्न आधारभूत विकासकाे पूर्वाधार’ सढक, सञ्चार, विद्युत आधुनिकताकाे विकास हुन पूर्व हुलाक सेवा स्वस्थ्य सेवा र विद्यालयमा पठन पाठनकाे अैापचारिक सुरुवात भइसकेकाे थियाे । मिति २०१२ साल देखी सल्ले मा.वि मा अनाैपचारिक शिक्षाकाे सुरुवात भएकाे थियाे भने २०२१ साल देखि अैापचारिक पठन पाठन विस्तार गरिएकाे थियाे ।

कालान्तरमा शिक्षा प्रनालिकाे विकास हुने क्रममा काठकाे पाटी बनाएर ब्याट्री फुटाएर त्यस भित्र रहेकाे कालाे पदार्थ पानिमा घाेलेर काठकाे पाटीमा लगाइ घाममा सुकाएर कालाेपाटी तयार गरिन्थ्याे र त्यसमा सेताे खरि (चक) काे प्रयाेग गरेर शिक्षक द्धारा विद्यार्थीहरुलाई अध्यान अध्यापन गराइने प्रचलन थीयाे ।

त्याे बेलासम्म नेपालकाे विकसित क्षेत्रमा भने शिक्षा प्रनालिमा आवश्यक भाैतिक पूर्वाआधार तथा शैक्षिक प्रविधीकाे दिगाे विकासकाे निम्ति आधुनिक विकास हुदै गइरहेकाे अवस्था थियाे ।आधारभूत प्रयाेगात्मक शिक्षा विज्ञान प्रयाेगसाला कम्प्यूटर प्रयाेगसाला र कृषि सम्बन्धी प्रयाेगात्मक तथा सैदान्तिक शिक्षा प्रभावकारी गरिदैँ थियाे । यहि आधारभूत शिक्षा प्रनालिकाे पउच ग्रामिण क्षेत्रमा रहेकाे विद्यालयमा विकास हुन सकिरहेकाे छैन । यसकाे मुलकारण सम्बन्धित निकाएले ध्यान नदिदा र दाेस्राे कुरा धेरै खर्चिलाे भएकाे कारण र विद्यार्थी संख्य न्यून भएकाे कारणले सल्ले मा.वि का प्र.अ तुलाचन्द्र राई बताउन् हुन्छ ।

अहिले सम्म प्रयाेगात्मक र वैज्ञानिक शिक्षा पद्धतीकाे विकासमा संघिय सरकार तथा सराेकारवालाकाे ध्यान नखिचियकाे कारण हाल कुनै याेजना नरहेकाे प्र.अ राईले डिजिटल खवरलाई बताउनु भयाे । सल्ले मा.वि मा हाल स्थायी र अस्थायी गरि १५ जना शिक्षक शिक्षिका कार्यरत छन् भने हालै सञ्चालन गरिएकाे शिक्षा संकाय ११,१२ काे पठन पाठनका विद्यार्थी सहित कुल विद्यार्थी संख्य १५० विद्यार्थी अध्यानरत छन् ।

सल्ले मा.वि काे शैक्षिक इतिहासकाे पानामा सवैभन्दा लामाे समय शिक्षा सेवामा सर्मपित भई ३३ वर्ष ४ महिना ७ दिन सल्ले मा.वि मा अध्यान गराउनु हुने आ:शि. धनिकलाल साहले बताउनु भयाे । म २०४६/०२/१९ गते देखि यस सल्ले मा.वि मा नियूत्ती लिएर शिक्षा सेवा दिन सुरु गरेकाे हुँ त्यतिखेर यातायात सञ्चार तथा विद्युतकाे विकास भइसकेकाे थिएन ।

मेराे घर तराइमा भएकाेले तराइ देखि आउँदा आधा बाटाे कटारी सम्म गाडी चडेर त्यसपछि पैदल हिडेर सेवा दिन आउनु पर्थाे दु:ख थियाे अहिले सबै सुविधा आएकाे छ । स्वर्ग जस्तै भएकाे छ । उमेरले ६० वर्षकाे हुनुभयाे । भावविभल हुदै बाेल्नु भयाे, मेराे अव स्वास्थ्य स्थती कमजाेर हुदै गइरहेकाे छ । अलि पाकाे उमेरले गर्दा शिक्षा सेवा समय अवधी बिट मार्दै २०७९/०७/०१ मा विदा हुदै छु सवै विद्यालय परिवारलाई प्रगति र उन्नतीकाे कामना सन्देश डिजिटल खवर मार्फत दिदै विदा हुनुभयाे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment