गण्डकीविरुद्ध एपिएफ ९ विकेटले विजयी 

२७ असाेज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपिएफले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो।

२७ रनको झिनो लक्ष्यका साथ मैदान प्रवेश गरेको एपिएफले २ ओभर २ बलमा पुरा गरेको छ। एपिएफका कप्तान सिता रानामगरले अविजित सर्वाधिक १२ रन बनाइन्। इन्दुबर्माले अविजित ९ रन र ज्योति पाण्डेले २ रन बनाइन्। गण्डकीकी कप्तान सृष्टीले १ विकेट लिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २६ रन बनाएको थियो। गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक ५ रन बनाइन्।

ओपनर विन्दु मगर १७ बलमा ३ रन जोडिन्। एपिएफका लागि इन्दु बर्माले २ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन्। सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर १/१ विकेट लिए।

नवौं खेलकुद अन्तर्गत महिला क्रिकेटमा बिहीबारको दोस्रो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्नेछन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment