रौतहट क्षेत्र नं ४ का स्वतन्त्र उमेदवार साहको चुनाव चिन्ह ´चापाकल`

२६ असोज, रौतहट । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका अजय साहले
चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन्।

रौतहट जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई चापाकल चिन्ह दिएको हो।

२०३४ सालमा नेविसंघमा आबद्ध भइ नेपाली कांग्रेसको राजनीतिमा होमिएका साहले पार्टीले आफ्ना कार्यकर्ताविरुद्ध गरेका अन्यायहरुविरुद्धको आवाज भन्दै उम्मेदवारी दिएको बताएका छन् ।

उनले नेपाली कांग्रेसले पार्टीमा लामो समयदेखि निस्वार्थ रुपमा लागि रहेका कार्यकर्ताको योगदानको कुनै मूल्यांकन नगरेको आरोप लगाउँदै पार्टी सच्चा कार्याकर्तालाई छाडेर अरुलाई टिकट दिएकाले पार्टीबाट विद्रोह गरेको जनाए ।

काँधमा नेपालको राष्ट्रिय झण्डा भिरेर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका साहले उनले आफू जहिले पनि जनताको दुःख, सुखमा साथ दिन उनीहरुको घरदैलौमा पुगेकाले आफुलाई जनतालेनै जिताउने कुरामा विश्वास व्यक्त गरे । उनले आफु स्वतन्त्र भएर चुनाव लडिरहदा नेपाली कांग्रेस मात्र नभएर सबैले खुल्ला हृदयले मत दिने विश्वास व्यक्त गर्दै आफुले जितेमा पार्टीका नेताहरुले गर्न नसकेको विकास ४ नम्बर क्षेत्रमा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment