तीन दिनमै ऐश्वर्या रायको फिल्मले कमायो २ सय करोड

१७ असाेज, मुम्बई । मणिरत्नम्को निर्देशन रहेको फिल्म ‘पोन्नियन सेल्भन’को पहिलो भागले तीन दिनमा मात्र विश्वभरबाट दुई सय करोड कमाएको छ । पहिलो दिन ८० करोड कमाइ गरेको फिल्मले मिश्रित प्रतिक्रियाका बावजुद अकल्पनीय कमाइ गरेको हो ।

तीन दिनको कमाइसँगै यो फिल्म तमिल फिल्म उद्योगको इतिहासमा सर्वाधिक कमाउने फिल्मको सूचीमा अगाडि रहेको विश्लेषण गरिएको छ । किनकि यो फिल्मले तीन दिनमै अजितको ‘भलिमाई’को कुल बक्स अफिस कमाइलाई उछिनेको छ भने विजयको ‘बिस्ट’लाई पनि चौथो दिन उछिन्ने छ । दुवैले क्रमश: १ सय ६८ करोड र २ सय १८ करोड कमाइ गरेका थिए ।

सन् २०२२ मा यी दुईलाई पनि उछिनेर कमल हासनको ‘विक्रम’ सर्वाधिक कमाउने फिल्मको सूचीमा सामेल थियो । यो फिल्मले विश्वभरबाट ४ सय करोड कमाइ गरेको आँकडा छ ।

‘पोन्नियन सेल्भन’को कमाइ यही गतिमा रहे यो फिल्मले हप्ता दिनमै ‘विक्रम’को रेकर्ड भेट्ने अनुमान छ । किनकि यो फिल्मले अझै एक दिन दसेराको बिदामा दर्शकको साथ पाउन सक्नेछ । मणिरत्नम्ले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा चर्चा गर्दै गरेको फिल्ममा विक्रम, कार्थी, जयम रभी, ऐश्वर्या राय, तृषा कृष्नन् आदि कलाकारको अभिनय रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment