पिपुल्स हाइड्रोपावरको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिने

१४ असाेज, काठमाडाैं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिने भएको छ । आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो ।

लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाखसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भदौ ३१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरिरहेको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता सेयर जारी गरेको छ ।

कुल निष्कासित सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता (३० प्रतिशत) र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता (७० प्रतिशत) सेयर बाँडफाँड हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment