गठबन्धन दलको कुनै दृष्टिकोण छैन : ईश्वर पोखरेल

१४ असाेज, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुनै दृष्टिकोण नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरलले आजको राजनीति दुईवटा धुब्रबाट अघि बढेको बताए।

उनले एउटा धुब्रको नेतृत्वको नेकपा एमालेले गरेको र अर्को ध्रुबको नेतृत्व गठबन्धनले गरेको बताए। पोखरेलले एमालेको राजनीतिक अजेण्डा, राजनीतिक रणनीति आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्‌भाव अर्थात् देश बनाउने सपनाहरुको जागरण भएको दाबी गरे।

‘यो गठबन्धनका बारेमा मैले धेरै भन्न पर्दैन। जसको राजनीतिक दृष्टिकोण छैन। उद्देश्य छैन। अजेण्डा छैन। कार्यक्रम छैन। त्यो गठबन्धनको नामले चिनिएको छ’, पोखरेलले भने।

पोखरेलले मिडियाकर्मीहरुलाई जस्ताको त्यस्तै जनताको बीचमा लैजान अनुरोध गर्दै आफ्ना कमिकमजोरीबारे समेत लेखिदिन आग्रह गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment