बेलायती केन्द्रीय बैंकको ६५ बिलियनको बन्ड खरिद गर्ने निर्णयले विश्व सेयरबजार बढ्यो

१३ असाेज, काठमाडाैं । डलर शक्तिशाली हुँदा खस्किएको सेयरबजार बेलायती केन्द्रीय बैंकले ६५ बिलियन पाउन्ड बराबरको बन्ड खरिद गर्ने निर्णय गरेपछि बढेको छ ।

बैंक अफ इङ्गल्यान्डको उक्त निर्णय पछि विशेषत, एशियाली सेयरबजारमा सकरात्मक सुधार आएको छ ।

चीनको साङ्घाई एसई क्मपोजिट सूचांक ०.०५ प्रतिशतले बढेको छ भने जापानको सेयर सूचांक निकेई ०.९५ प्रतिशतले बढेको छ । यसैगरी भारतको मुम्बई सेन्सेक्स ०.१७ प्रतिशतले बढेको छ । नेपालको सेयर सूचांक नेप्से पनि ०.३७ प्रतिशतले बढ्न पुगेको छ । जापान बाहिर एशिया प्यासिफिक देशहरुको बृहत सेयर सूचांक एमएससीआई ०.०२ प्रतिशतले बढेको छ ।

यसैगरी अष्ट्रेलियाको सेयर सूचांक एएसएक्स २०० १.८ प्रतिशतले बढेको छ ।

नव निर्वाचित प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेपछि आर्थिक गतिविधि बढाउन कर कटौती गर्ने निर्णय गरेकी छिन् । ४० वर्ष यताकै उच्च भएको

मूल्यवृद्धिबाट ग्रसित बेलायती अर्थतन्त्रमा कर कटौती गर्नुले अर्थतन्त्रलाई थप अन्योलमा धकेलेको आलोचना विश्वभर भइरहेको छ ।

लिज ट्रसले कर कटौती गर्ने निर्णय गरेसँगै डलरसँगको विनिमयमा पाउन्ड स्ट्रलिङ ४० वर्ष यताकै कमजोर अवस्थामा पुगेको थियो । पाउन्डलाई थप अवमूल्यन हुन नदिन केन्द्रीय बैंकले हस्तक्षेप गरेपछि पाउन्डको मूल्यमा सकरात्मक सुधार आएको छ भने विश्व सेयरबजार पनि केही अंकले बढेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment