पार्टीको सम्पर्कमै छु, षड्यन्त्र बुझ्न काठमाडौं आउदै छुः भीम रावल

१२ असाेज, काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले आफ्ना विरूद्व भएका षड्यन्त्र बुझ्न काठमाडौ आउन लागेको बताउनु भएको छ ।

अछाम क्षेत्र नम्बर १ को भेलालाई सम्बोधन गर्न अछाम गएको भएपनि उहाँले आफू पार्टीसँग निरन्तर सम्पर्कमै रहेको जानकारी दिनुभयो । 

एमाले अध्यक्ष केपी ओलीले रावल पार्टीको सम्पर्कमा नरहेको बताउनुभएको थियोे । 

‘अध्यक्षज्यूले कोसँग के भन्नुभयो मलाई जानकारी रहेन। म अछाममा छु, मेरो विरूद्व भएका षड्यन्त्र बुझ्न काठमाडौं आउन लागेको छु,’ रावलले भन्नुभयो । 

केहिदिन अघि एमालेका सुदूरपश्चिमका नेताहरू ओली भेट्न बालकोट गएका थिए । एमाले अध्यक्ष ओली रावलको विकल्प खोज्ने तयारीमा रहेको बुझीएको छ । 



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment