सुनको भाउ घटस्थापनाको दिन स्थिर, चाँदीको घट्यो

१० असाेज, काठमाडाैं । सुनको भाउ घटस्थापनाको दिन स्थिर बनेको छ । यसदिन चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुनको भाउ ९१ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो आइतबार सुन तोलामा १ हजार रुपैयाँले घटेर सोही भाउमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ १ हजार १६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ ३० रुपैयाँ प्रतितोला घटेर १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६३९ डलर तथा चाँदी प्रतिऔंस १८.६० डलर हाराहारीमा कारोबार भैरहेका छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment