त्रिशूली–३ बी को सेयरमा ५ करोड २७ लाख संकलन

०७ असाेज, काठमाडाैं । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको आईपीओ सेयरमा विद्यमान लगानीकर्ताहरूले ५ करोड २७ लाख ७४ हजार ४६१ रुपैयाँ लगानी थप गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज ६ गते बिहीबार साँझ ५ बजेसम्म २६ हजार २५ जना सेयरधनीले ६ लाख ६ हजार ६०३ कित्ता सेयरका लागि ८७ रुपैयाँका दरले सो रकम थप गरेका हुन् ।

कम्पनीले यसअघि नै लगानीकर्ताबाट १० रुपैयाँका दरले रकम संकलन गरेको थियो भने ३ रुपैयाँ सो रकमको ब्याज प्राप्त भएकाले हाल लगानीकर्ताबाट ८७ रुपैयाँ रकम संकलन गरेको हो । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका अनुसार यसअघि १० रुपैयाँ रकम बुझाएका सर्वसाधारण सेयरधनीले सेयर बापतको बाँकी (८७ रुपैयाँ) रकम आगामी १७ कात्तिक गतेसम्म थप रकम बुझाउन सक्नेछन् ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता ९ कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत ० सेयर निष्कासन गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ८७ रुपैयाँ बुझाउनुपर्ने छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ८७ प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ८७ रुपैयाँको दरले ३२ करोड २३ लाख ३५ हजार रुपैयाँ संकलन हुनेछ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि‚ २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएको हो ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ुमेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ुमेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरूले रकम बुझाउन गर्न सक्नेछन्। कम्पनीबाट साविकका सर्वसाधारण सेयरधनीहरुलाई आह्वान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हीतग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरो सेयर नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment