पुटिनद्वारा थप सैन्य परिचालनको घोषणा,  तीन लाख ‘रिजर्भ’ सैनिकलाई बोलाए

०५ असाेज, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा युद्धका लागि आंशिक लामबन्दीको घोषणा गरेका छन् ।

यसको अर्थ रुसले युक्रेनको युद्धमा थप स्रोतसाधन र सेना परिचालन गर्नेछ । पुटिनले देशलाई सम्बोधन गरेको टेलिभिजन सम्बोधनमा भने, ‘रुसको क्षेत्रीय अखण्डता कायम राख्न यो महत्त्वपूर्ण कदम हो ।’

उनले भने, ‘पश्चिमी संसारले सोभियत संघको जस्तै रुसको अन्त्य चाहेको थियो । ’

भाषणमा अरु के भने ?

– पुटिनले युक्रेनमा जारी सैन्य संघर्षमा थप सेना पठाउने घोषणा गरेका छन् । यसको मतलब रूसी सेनामा सेवा गरिसकेका मानिसहरूलाई फिर्ता बोलाइनेछ ।

– यी सेनाको प्रस्थान आजबाट सुरु हुनेछ ।

– रुसलाई आणविक हमलाको नाममा पश्चिमा राष्ट्रहरुले ब्ल्याकमेल गरेको पुटिनले आरोप लगाएका छन् ।

– पुटिनले आफूसँग पश्चिमी देशहरूको धम्कीको जवाफ दिन पर्याप्त हतियार रहेको बताएका छन् ।

– उनले डोनबासमा ‘आफ्ना’ को सुरक्षाका लागि सम्भावित सबै उपाय परिचालन गरिने बताए ।

– उनले रुसमा हतियारको उत्पादन बढाउनका लागि रकम उपलब्ध गराउन आदेश दिएका छन् ।

रुसी संसद डुमाका सदस्य येभगेनी पोपोभले बीबीसीलाई भने, ‘मैले बुझेअनुसार केही अनुभवी सैनिकहरू खटाइने र सेनाबाट भर्खरै अवकाश लिएकाहरूलाई बोलाइनेछ । आम जनतालाई युद्धको मैदानमा पठाउने कुरा होइन ।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarPolitic
Comments (0)
Add Comment