मेस्सीको गोलमा पीएसजीको जित

०३ असाेज, काठमाडौं। लियोनल मेस्सीको एक मात्र निर्णयाक गोलको मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ।

फ्रेन्च लिग वानमा नेपाली समयअनुसार आइतबार राति भएको लियोनविरुद्धको खेलमा नेयमारको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई जित दिलाए। खेल सुरु भएको पाँचौं मिनेटमै गोल गर्दै पीएसजीले सुखद सुरुवात गरेको थियो।

बाँकी समय भने दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि पीएसजीले १–० गोल अन्तरले लियोनलाई हरायो। जितसँगै ८ खेलबाट २२ अंक जोडेको पीएसजी लिगको शिर्ष स्थानमा छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment