प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न निषेध

१६ भदाै, काठमाडौँ । नेपाल प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको हो ।

मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको प्रहरीले जनाएको छ ।

ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ । ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment