काम र काेठा नपाएर भाैतारिएका नेपाली नारीकाे बेदना सुन्ला त पाेर्चुगलका पार्क तथा रेष्टुरन्टमा हुने तिज ले ?

याेगेन्द्र खरेल

५ भदाै, लिस्वाेन (पाेर्चुगल ) । पाेर्चुगलमा विभिन्न उद्देश्य लिएर खाेलिएका दर्जन बढी संघसस्थाहरु छन् । पद र प्राप्ति नमिलेर तथा राजनितिक दम्भ देखाउने गरि टुटाएका फुटाएका र टुट्ने फुट्ने तयारीमा रहेका संघसस्थाहरु प्रशस्तै  छन् l यहाँका धेरैजसाे पिडितहरुले म पिडित भए भन्दैनन किनकि कुनै पिडित ले म पिडित भएँ भनिहाल्याे कि यहाँका संघसस्थाहरुले उसलाई सहयाेग गर्नुकाे सट्टा त्यसलाई राजनितिक र ग्रुपगत बनाई पिडितलाई सहयाेगकाे सट्टा थप पिडा र समस्या हुने गतिबिधिहरु गर्दछन् l

यहाँ रहेका नेता पत्रकार, नेता समाजसेबि, नेता अधिकारकर्मी, नेता महिला/नारी अधिकारकर्मी, नेता अभियान्ता, नेता दलालहरुका बिशेष गरि दुईवटा झुन्डहरु परिस्थितिलाई थप बिगार्न थप गिजाेल्न सक्रिय भएकाे पाईन्छ l पाेर्चुगलकाे नेपाली समुदायमा यस्ता नियत भएकाहरुकाे संख्या निकै कम छ तर यिनिहरु नै नेपाली समुदायका नागरिक हरुलाई ठग्न, बईमान गर्न, दुखपिडा दिन तथा नेपाली समुदायकाे नाम बदनाम गराउन सफल भएका छन l धेरै ठुलाे संंख्यामा रहेका साेझा इमान्दार नेपाली समुदायका नागरिकहरु तिनिहरुकाे तान्डब हेरेर बस्न विवश छन l

यहाँ रहेका बिभिन्न संघसस्थाहरु प्राथमिकता वर्गिकरण गरि काम गर्ने गरि याेजना बनाउदैनन् l आफुहरुले गरेका कार्यक्रमहरुले यहाँ रहेका नेपालीहरुकाे दैनिक जिवनमा सकरात्मक प्रभाव पर्छ कि पर्दैन त्याे हिसाब गर्दैनन l फलानाे कलाकार आयाे भन्ने सुन्याे कि सांस्कृतिक कार्यक्रम आयाेजना गर्न तँछाड मँछाड् छ l तिज आयाे कि कार्यक्रम गर्न तँछाड् मँछाड् l भन्छन नेपाली संस्कृति जाेगाउनु हाम्राे दायित्व हाे । एक हात मा रक्सि र अर्काे हातमा हुक्का चुराेट समाएर उरन्ठ्याैला गितसंगित गाएर र यसैमा झुँमेर नेपाली लाेकसंस्कृति जाेगिने नै हाे भने हाम्राे केहि छैन l सक्छाै घर्मसंस्कृति, रितिरिवाजलाई माैलिक रुपमै जगेर्ना गराै । तर जगेर्ना गर्ने नाममा यस्काे आफ्नाे माैलिकता नबिगाराै l तिजकाे  बेला हातमा बियरकाे सुस्कि लिँदै “झन माथि तान्याे झन तल झर्छ, हाय मेराे फरिया …. ” भन्ने गितमा एक पिस लगाएर नाँचेर संस्कृतिकाे जगेर्ना हुँदैन चेतना भयाँ l

अहिले तिजकाे बेला यहाँ तिजि कार्यक्रमहरु गर्न बिभिन्न संघसस्थाहरुकाे अघाेषित प्रतिसपर्दा नै चलिरेकाे छ l हाेटल रेष्टुरन्ट बार देखि लिएर पार्क सम्म रंगिन बनाउने तयारी युध्दस्तरमा गरिरहेका छन l कसैलाई नाँच्नु छ, कसैलाई आसनग्रहण गर्नु छ, कसैलाई भाषण गर्नु छ, खादामाला लगाएर ठुलाेबडाे मान्छे बन्नु छ l एउटा कार्यक्रम मा खादामाला आसनभाषण मा एक थरिलाई छुटाईने छ । त्यसैले यसैकाे हिसाब मिलाउन अर्काे कार्यक्रम गर्नु छ l बिचराहरुलाई गाह्राे छ किनकि किचाेल्ने भाड्नेहरुकाे निकै प्रतिस्प्रधा छ यहाँ l 

उडेर, गुडेर, हिँडेर पाेर्चुगल आउने आप्रबासिहरुकाे संंख्या  दिनप्रतिदिन बढ्दै छ l यसमा नेपालीहरुकाे संंख्या पनि उलेख्य छ l सिमित साधनस्राेतका बिच बढ्दाे आप्रबासिहरुकाे संंख्याले पक्कै पनि केहि असहजता उत्पन्न गर्दछ l काम तथा काेठा पाउन गाह्राे हुदै गरेकाे याे दृश्यले आगामि दिनहरु थप जटिले हुनसक्ने कुराकाे स्पष्ट संकेत गर्दछ l म त नयाँ हाे कामकाेठा पाउन गाह्राे भयाे है भन्ने नेपालीहरु पार्क तथा साेसल साईटहरुमा बाक्लै देखिन  थालेका छन l यि र यस्ता अनेकाै समस्याहरुकाे थुप्राे नै लाग्ने छ  भाेलीका दिनहरुमा l यि समसामयिक बिषयमा गहन छलफल गरि आउन सक्ने समस्याहरुकाे पहिचान गरि तिनिहरुकाे सामधान गर्न तर्फ तयारि गर्ने कुराकाे प्रतिस्प्रधा गर्ने काम प्राथमिकतामा पर्नुपर्ने हाेईन र अहिले ?  काम कुराे एका तिर कुम्लाे बाेकि ठिमि तिर भन्या जस्ताे पाे छ यहाँ त l

नारिका पिर ब्यथा दुखसुख पाेख्ने तिजले , पाेर्चुगलमा काम  र काेठा नपाएकर भाैतारिएकि  नेपाली नारिकाे बेदना सुन्ला र  ? खै मलाई त लाग्दैन यस्ताे l

जय देश जय नेपाल 



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewssociety
Comments (0)
Add Comment