करीना कपुर तेस्रो पटक आमा बन्ने खबरकाे हल्ला

०५ साउन, एजेन्सी । करिना कपुर बी टाउनकी सबैभन्दा चर्चित अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा पनि निकै चर्चित छन्, उनले गरेका हरेक पोस्ट निकै भाइरल हुन्छन् । हालै उनले आफ्नो अफिसियल इन्स्टाग्राम ह्यान्डलबाट योगा गर्दै गरेको पोष्ट सेयर गरेकि छिन्, जसमा उनले क्याप्सन मार्फत आफ्नो योगको लामो यात्रा लेखेकि छिन् र मानिसहरुसँग सेयर गरेकि छिन् । उनले यो लामो सन्देशमा धेरै कुरा भनेकि छिन् ।

करीनाले योग गर्दै गरेको आफ्नो तस्बिरसँगै लेखेकी छिन्, –‘मेरो लागि योगाको यात्रा सन् २००६ मा टशन र जब वी मेट साइन गरेपछि सुरु भयो। यसले मलाई फिट र बलियो बनायो। अब दुई बच्चा पछि यस पटक म धेरै थाकेको छु र पीडाले भरिएको छु तर चाँडै म बिस्तारै आफ्नो फिटनेसमा फर्कने प्रयास गर्दैछु। मेरो योग समय मेरो आफ्नै समय हो। एकरूपता मन्त्र हो।करीनाको यो पोस्टले उनका फ्यानमा नयाँ जोश भर्ने छ ।

बेबोको यो पोष्टलाई करिनाका फ्यान बाहेक धेरै सेलिब्रेटीले पनि लाइक गरिरहेका छन् । कट्रिना कैफले पनि यो पोस्ट लाईक गरेकी छिन् । याद राख्नु पर्ने कुरा के छ भने करिनाको यो पोष्ट अघि अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उनले आफ्नो इन्स्टा स्टोरीमा आफ्नो पुरानो तस्विर पनि शेयर गरेकी थिइन् । जसमा करिनाले एउटा खुट्टा उचालेर समुद्र तटमा सेतो बिकिनी लगाएर योगा गरिरहेको देखिएकी छिन् ।

यो तस्बिरको क्याप्सनमा करीनाले लेखेकी छिन्,– ‘तिम्रो दिमागलाई स्वतन्त्र छोडिदिनुहोस् ।उल्लेखनीय कुरा के छ भने करिना कपुरले फेब्रुअरी २१ मा दोस्रो छोरालाई जन्म दिइन् । आफ्नो फिटनेसको निकै ख्याल राखेकी करीनाले गर्भावस्थाको केही दिनपछि मात्रै कसरत गर्न थालेकि थिईन् । हाल आएर उनी तेस्रो पटक आमा बन्न लागेको खबर सुन्न थालिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment