चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

०४ भदाै, काठमाडौँ । चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सिआओ जिआनहुआलाई ठगी तथा सम्पत्ति हिनामिना गरेको आरोपमा १३ वर्षको जेल सजाय तोकेको छ ।

साथै उनको टुमरो होल्डिङ्स कम्पनीलाई ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना तोकेको छ ।

सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ ।

शुक्रबार उनीमाथि ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना अदालतले सुनाएको छ । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ ।

२००१ देखि २०२१ सम्म सिआओको कम्पनीले सरकारी अधिकारीहरूलाई ९९ दशमलब ८९ मिलियन अमेरिकी डलरभन्दा बढी रकम बराबरको सेयर, नगद तथा अन्य सम्पत्ति दिएका थियो। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि सम्बन्ध रहेका सिआओमाथि २०१७ मा छानबिन गरेपछि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।



मल्टिमिडिया ग्यालरी

businessChinaCoronavirusCovid-19healthLockdownnepalPolitic
Comments (0)
Add Comment