अभिनेत्री श्रीदेवी हिरोभन्दा बढी पारिश्रमिक लिन्थिन

३० साउन, मुम्बई । श्री देवी भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन्। अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरूले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ :

हिरोभन्दा बढी पारिश्रमिक

भारतीय फिल्ममा जहिल्यै पुरुषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ । ९० को दशकमा त अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।

श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरू सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

साउथमा पनि लोकप्रिय नाम

अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् । उनले १६ वयथीनिलए, मंदरु मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।

ओठको प्लास्टिक सर्जरी

फिल्मी अभिनयमा व्यस्त भइरहँदा उनको ओठको आकारमा केही परिवर्तन भएको थियो । त्यसपछि उनले ओठको प्लास्टिक सर्जरी गरेको खुलेको थियो । यद्यपि फ्यानले उनको नयाँ लुक्सलाई मन पराएनन् ।

१५ वर्षपछि कमव्याक

श्रीदेवीलाई भारतीय फिल्ममा व्यावसायिक अभिनेत्रीका रुपमा चिनिन्थ्यो । उनले आफ्नो करियरमा नागिन, चालबाज, चाँदिनी, सीता–गीता, जुदाई, खुदा गवाह, नगीना, मिस्टर इंडिया जस्ता सानदार फिल्ममा अभिनय गरिन् । उनी झण्डै १५ वर्ष फिल्मी पर्दाबाट अलग भइन् ।

१५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ बाट सानदार पुनरागमन गरिन् । त्यसपछि उनी सन् २०१८ मा फिल्म ‘मोम’ मा सौतेली आमाको भूमिकामा अभिनय गरिन् ।

प्रमुख चलचित्रहरू

  • जैसे को तैसा (1973)
  • जूली (1975)
  • सोलहवां साल (1978)
  • हिम्मतवाला (1983)
  • जस्टिस चौधरी (1983)
  • जानी दोस्त (1983)
  • कलाकार (1983)
  • सदमा (1983)
  • अक्लमंद (1984)
  • इन्कलाब (1984)
  • जाग उठा इंसान (1984)
  • नया कदम (1984)
  • मकसद (1984)
  • तोहफा (1984)
  • बलिदान (1985)
  • मास्टर जी (1985)
  • सरफ़रोश (1985)
  • आखिरी रास्ता (1986)
  • भगवान दादा (1986)
  • धर्म अधिकारी (1986)
  • घर संसार (1986)
  • नगीना (1986)
  • कर्मा (1986)
  • सुहागन (1986)
  • सल्तनत (1986)
  • औलाद (1987)
  • हिम्मत और मेहनत (1987)
  • नज़राना (1987)
  • मजाल (1987)
  • जोशीले (1987)
  • जवाब हम देंगे (1987)
  • मिस्टर इन्डिया (1987)
  • शेरनी (1988)
  • राम अवतार (1988)
  • वक़्त की आवाज़ (1988)
  • सोने पे सुहागा (1988)
  • चालबाज़ (1989)
  • चांदनी (1989)
  • गुरु (1989)
  • गैर कानुनी (1989)
  • निगाहें (1989)
  • बंजारन (1991)
  • फ़रिश्ते (1991)
  • पत्थर के इंसान (1991)
  • लम्हे (1991)
  • खुदा गवाह (1992)
  • हीर राँझा (1992)
  • चन्द्रमुखी (1993)
  • गुमराह (1993)
  • गुरुदेव (1993)
  • रूप की रानी चोरों का राजा (1993)
  • चाँद का टुकड़ा (1994)
  • लाडला (1994)
  • आर्मी (1996)
  • मि. बेचारा (1996)
  • कौन सच्चा कौन झूठा (1997)
  • जुदाई (1997)
  • मि. इन्डिया 2 (2007)

एजेन्सी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment