कविता “बेश्या”

ममता अर्याल – लैलै

२५ साउन, काठमाडाैं ।

कविता “बेश्या”

म एक बेश्या हु ।
बनायो कस्ले ।।
मेरो शरीरमा योवन ।
खनायो कस्ले ।।
रस मेरो योवनको ।
चुसेर किन? ।।
मेरो कमलो शरीर ।
मुसेर किन? ।।
उ पनि त खै कता ।
भागेर गयो ।।
मेरो नीधारमा दाग ।
दागेर गयो ।।

मलाई बेश्या बनाउने ।
हातहरु कता छन् ।।
मेरो शरीरमा बर्सने ।
लातहरु कता छन् ।।
दिलमा बसेर कुनै दिन ।
हेर्ने ति आखाँहरु ।।
आज मलाई बेश्या बिच ।
बेर्ने ति आखाँहरु ।।
मेरो शरीर चुस्न नपाउदा ।
मर्छु भन्ने कता गए ।।
मेरो योवन पाउन बिहे ।
गर्छु भन्ने कता गए ।।
तर आज बेश्या बनेर मैले ।
बजार तताउनु पर्यो ।।
आफ्नो शरीर आत्म मुल्य ।
हजार बताउनु पर्यो ।।
फेरी पनि ऊ बसेको छ ।
हासेरै किन ।।
मेरो नाम बेश्या बजारमा ।
गासेरै किन? ।।

ममता अर्याल – लैलै



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment