उपत्यकाका विभिन्न क्षेत्रमा भारी वर्षा

२५ साउन, काठमाडैं । मंगलवार राति काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ ।

ललितपुरको खोकना क्षेत्र, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएपछि बुधवार बिहानसम्म सतर्कता अपनाउन एसएमएस अलर्ट जारी गरेको थियो ।

पुण्यमती, हनुमन्ते, मनोहरा र बाग्मती नदीको बहाव बढेको भन्दै तटीय क्षेत्रमा बुधवार बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment