पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोध

२४ साउन, काठमाडाैँ । नेपाल भेटेरिनरी एशोसिएसनले पशु प्राविधिकहरूलाई नियमन गर्न ल्याइएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ को विरोध गरेको छ । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले गत साउन २२ गते संसद्को प्रतिनिधि सभामा सो विधेयक पेस गरेकी थिइन् ।

अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएको उक्त विधेयक एक पक्षीय, दमनकारी एवं षडयन्त्रपूर्ण ढङ्गले ल्याइएको आरोप लगाइएको छ । विधेयकले भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्‍याएको एशोसिएसनले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विधेयकको नाम देखि लिएर अलमल्याउने तथा अस्पष्ट ढङ्गले प्रस्तावना बनाइनु निकै सन्देहपूर्ण छ । समितिमा विधेयक पेस भएको ३ वर्षमा हामी सरोकारवालाहरूलाई जम्मा एक पटक बोलाएर र पुन छलफलमा बोलाइयोस् भन्ने निरन्तर आग्रहलाई समेत बेवास्ता गर्दै जबरजस्ती तरिकाले हताशको मनस्थितिमा समितिबाट अगाडि बढाइनु नै शङ्कापूर्ण थियो ।

विधेयकमा गरिएका कतिपय व्यवस्थाहरू नेपालको संविधान, मौजुदा केही कानुनहरू र अन्तर्राष्ट्रिय मापदण्डसँग बाझिएको कुरा समितिमा हामीले दर्ता गरेको लिखित दस्ताबेजको बाबजुद उक्त सुझावलाई पूर्णरुपले व्यवस्था किन गरियो, यो प्रश्न अनुत्तरित नै रह्यो ।

कतिपय अवस्थामा नेपालको संविधानले स्थानीय तहको एकल अधिकारको सूचिमा उल्लेख भएका प्रावधानहरूलाई (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुगमन, मूल्याङ्कन र नियमनका अधिकार) समेत हस्तक्षेप गरिएको छ ।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownPolitic
Comments (0)
Add Comment