जसपा क्षेत्रीय दल हुँदै पतनको बाटोमा : बाबुराम भट्टराई

२१ साउन, काठमाडाैं । नेपाल समाजवादी पार्टीका नेताका डा.बाबुराम भट्टराईले समाजवाद ल्याउनका लागि सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताएका छन् । शनिवार नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले समाजवाद, आर्थिक समृद्धिका लागि संघर्ष गर्ने र त्यसका लागि आफूहरूले हरेक मोर्चालाई प्रयोगमा ल्याउने बताएका हुन् ।

अगामी चुनावमा भाग लिनका लागि विचार मिल्ने दलहरूसँग गठबन्धन गर्न सकिने बताउँदै उनले एक्लै अगाडि बढेर हुन्छ कि विचार मिल्नेसँग सहकार्य गर्ने त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘हाम्रो बाटो अलि अप्ठ्यारो छ, तर हामी ढिलो चाँडो विजय हासिल गर्छौँ ।’

उनले जसपालाई आफूहरूले रूपान्तरण गर्ने प्रयासस्वरुप असारको २८ र २९ गते बैठक पनि बसे पनि रूपान्तरणको कुनै सङ्केत नदेखिएको गुनासो गरे । जसपा क्षेत्रीय दल हुँदै पतनको दिशामा रहेको उल्लेख गर्दै उनले जसपाले देशको वैकल्पिक शक्तिको कार्यभार पूरा गर्न सक्दैन भन्ने बुझेर नै नेपाल समाजवादी पार्टी गठन गरेर अगाडि बढेको बताए ।

नेपाल समाजवादी पार्टीको केही कानुनी प्रक्रियाहरू पुरा गर्न बाँकी रहेको र त्यसलाई पुरा गर्दै संगठन निर्माण गरी अगाडि बढ्ने उनले जिकिर गरे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment