“अपराधी चोख्याउन सत्ता हुनुपर्छ, अदालत पुलिस प्रभु आप्नै हुनुपर्छ”

सम्मु पाैडेल २० साउन, काठमाडौं ।

अपराधी चोख्याउन सत्ता हुनुपर्छ ।
अदालत पुलिस प्रभु आप्नै हुनुपर्छ ।
दिनलाई रात बनाएर छलाङ मार्या देख्यौं होला ।
आँखामा छारो हाल्न पनि कला हुनुपर्छ ।

चोरलाई चौतारो साधुलाइ सुली मिल्छ ।
यस्तै गरि सबै सधै हाम्रो दाहिना हुनुपर्छ ।
जस्ले जे भनेनि सत्ता हाम्रो मुलमन्त्र ।
हामी जता मिले पनि सत्ता हुनुपर्छ

क्रान्तिकारी जलप भित्र दक्षिणपन्थी अवसरवाद
छक्याउन नि हाम्रै जस्तै नारा हुनु पर्छ ।
नागरिकता एम सि सि सत्ता संग साट्फेर गर्ने
हाम्रो जस्तो अग्रगामी पारा हुनुपर्छ !

यता यसलाइ देखाएर उता उसलाई तर्साउनु छ
फेरीपनि हाम्रै भागमा सत्ताको तर बर्साउनु छ ।
डरै डर मनमा बोकी यता उता गरिराछु ।
फेरि कस्लाइ पारौ जालमा दोमनमा परिराछु !!



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment