कागेश्वरी मनोहराकी अंशु श्रेष्ठले ल्याईन SEE मा GPA 4

१८ साउन, काठमाडाैं । २०७८ सालको SEE परीक्षामा नेपाल भरिमै जम्मा ४२ विद्यार्थीहरूले मात्र GPA 4 ल्याए । यसमध्ये काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, वार्ड नं ५, थलीमा अवस्थित मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययन गर्ने अंशु श्रेष्ठ पनि एक हुन ्। थली निवासी बुवा अनिल श्रेष्ठ र आमा सन्जु श्रेष्ठको कोखबाट जेठी छोरीको रूपमा २०६२ साल फाल्गुन २० गते जन्मिएकी अंशु श्रेष्ठ सानै देखि तीक्ष्ण दिमागकी थिइन् ।

आफ्नो घर नजिकैको मिनिल्याण्ड स्कुलमा कक्षा नर्सरीबाट आफ्नो अध्ययन यात्रा शुरु गरेकी अंशु आफ्नो विद्यालय जीवनमा पढाइको अलावा अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै सक्रिय थिइन् । वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता आदिमा उनको सहभागिता रहन्थ्यो र पुरस्कार पनि हात पार्थिन् । शिक्षक–शिक्षिकाहरूको नजरमा पनि उनी ज्ञानी, अनुशासित, जिज्ञासु र जेहेन्दार छात्राको रूपमा थिइन् । उत्तरपुस्तिकाका साना–साना गल्तीहरूलाई पनि निकै ध्यान दिएर शिक्षकहरूको निर्देशनलाई पालना गर्ने अंशु वास्तवमै “हुने बिरूवाको चिल्लो पात“ नै थिइन् । उनलाई पढाउने मिनिल्याण्डका शिक्षक–शिक्षिकाहरू उनको हस्तलेखनको धेरै नै प्रशंसा गर्नुहुन्छ ।

मिनिल्याण्ड स्कुलका प्रिन्सिपल मणिराम वाग्ले पनि अंशुको प्रतिभाको खुलेर प्रशंसा गर्नुहुन्छ र आउँदो ब्याचका विद्यार्थीहरूले पनि उनको पाइलालाई पछ्याउनु पर्ने धारणा राख्नुहुन्छ। आफ्ना शिक्षक–शिक्षिकालाई अति नै आदर गर्ने अंशु SEE पश्चात् विज्ञान लिई भविश्यमा इन्जीनियरिंयङ्ग अध्ययन गर्न चाहेको वताउँछिन् । COVID १९ को समयमा संचालित अनलाइन कक्षामा समेत अंशुको अध्ययन र क्रियाकलाप उत्तिकै प्रशंसनीय रहेको मिनिल्याण्ड स्कुलका अध्यक्ष जयराम वाग्ले बताउनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment