शृङ्गारिक गजल : रुझ्दै आयौ किन यो झरिमा 

ममता लैलै

१६ साउन, काठमाडाैं ।

“रुझ्दै आयौ किन यो झरिमा” 

तिमी संग मलाई रातमा डर लाग्छ

एकान्तमा हुने बातमा डर लाग्छ

रुझ्दै आयौ किन यो झरिमा आज

कसम मलाई यो बर्सातमा डर लाग्छ

नजरले हेरि मलाई मार्नै लागेका छौ

छुन खोजे जस्तो गर्ने हातमा डर लाग्छ

आखिर मनै त हो चंचल भैहाल्छ नि

लट्ठ पार्ने बोलीको मातमा डर लाग्छ

छेउमा मेरो बस्दा चकचक मात्रै गर्छौ

खै किन पुरुषको जातमा डर लाग्छ।

#लैलै✍️

ममता लैलै



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment