फिल्म स्टार सरथ चन्द्रनको निधन

१४ साउन, एजेन्सी । चर्चित मलयालम फिल्म स्टार सरथ चन्द्रनको ३७ वर्षको उमेरमा निधन भएको छ ।

सरथ चन्द्रनको मृत्युको खबरले मलयालम फिल्म उद्योगमा शोकमा दुबेको छ ।

सरथको मृत्युको कारण भने खुल्न सकेको छैन । सरथले मलयालम भाषाहरूमा दर्शकहरूलाई धेरै उत्कृष्ट फिल्महरू दिएका थिए ।

सरथले आफ्नो करियर एक आईटी फर्मको कामबाट सुरु गरेका थिए । उनले केही समय डबिङ आर्टिस्टको रूपमा पनि काम गरे । त्यसपछि उनी फिल्मको दुनियाँतिर लागे । उनको पहिलो मलयालम फिल्म ‘अनिस्या’ थियो । जाहाँ उनलाई दर्शकले निकै रुचाएका थिए ।

सरथ चन्द्रनको अचानक मृत्युको खबरले केरला फिल्म उद्योगलाई स्तब्ध बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

ActorBollywoodbusinessdigital khabarNewsSarath-chandran
Comments (0)
Add Comment