छोरीको बुवा बने गायक प्रशान्त तामाङ

११ साउन, काठमाडाैँ । गायक तथा अभिनेता प्रशान्त तामाङ बुबा बनेका छन् ।

उनकी श्रीमती मार्था एली तामाङले बुधबार विहान छोरीलाई जन्म दिएकी हुन् । उनीहरू पहिलो सन्तानको आमा बुवा बनेका छन् । आाफू बुबा बनेको बारे बुधबार अभिनेता तामाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले श्रीमती मार्था एलीले छोरी जन्माएको बारे फेसबुकमार्फत खुलस्त पारेका छन् ।

उनले छोरीको तस्बिर शेयर गर्दै लेखेका छन्,

‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’

इन्डियन आइडल ३ का बिजेता समेत रहेका तामाङ फिल्म गोर्खा पल्टनबाट चर्चामा आएका थिए ।

उनी अभिनित फिल्म ‘परदेशी २’ असोज १४ गतेबाट रिलिज हुँदैछ । यसअघिका उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका फिल्महरूमा अभिनय गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment