सुरु भयो अर्नाको सङ्ग कन्टेस्ट २०२२

०८ साउन, काठमाडौं । ओरिजिनल गितहरुको क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो सङ्ग कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ ।

विगत दुई वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मन्च प्रदान गरेको छ ।

यही श्रावण ८ गते आइतबारदेखि आयोजना हुने अर्ना सङ्ग कन्टेस्टमा इच्छुक तपाईंहरुले बनाउनु भएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्नुहुनेछ ।

रु. १० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा तपाईंले भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।

अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा तपाईंहरुले अर्नाको सोसल मिडिया पेज फलो गर्न सक्नुहुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment