नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सव मंसिरमा, साउन १३ सम्म आवेदन दिन सकिने

०४ साउन, काठमाडाैँ । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको दोस्रो संस्करण मंसिरमा हुने भएको छ। आगामी मंसिर ९ गतेदेखि १६ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सव २०२२ हुन लागेको हो।

सन् २०१९ मा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय थिएटर महोत्सव आयोजना भएको थियो। त्यसपछि भने कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन। हाल महामारी कम भएसँगै पुनः महोत्सव आयोजना हुन लागेको हो।

मण्डला थिएटरले आयोजना गर्ने महोत्सवको यो संस्करणमा अघिल्लो संस्करणमा जस्तै थिएटरसँग सम्बन्धित नाटक, सांगीतिक प्रस्तुतिलगायतका कार्यक्रमहरु हुने छन्। ‘सामाजिक रुपान्तरणका लागि थिएटरः विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा देश तथा विदेशबाट विभिन्न रंगकर्मी तथा कलाकारहरुको उपस्थिति हुनेछ।

आयोजक मण्डला थिएटरले मंसिरमा हुने महोत्सवका लागि आवेदन दिन पाउने अन्तिम समयसिमा पनि तोकेको छ। साउन १३ गतेसम्म महोत्सवमा आफ्ना नाटक पठाउन चाहने निर्देशक, थिएटरलगायतले आवेदन दिन पाउने आयोजक संस्थाले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment