आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै

०३ साउन, काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग दुई-दुई खेल खेलेको थियो । चार खेलमा नेपाल तीनमा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो । नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो । नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

यो तालिकामा ओमान ३६ खेलमा ४४ अङ्कसहित शीर्ष स्थानमा छ । समान ३६ खेल खेलेपछि लिग-२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन-जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ ।

शीर्ष ३ सँगै लिग-२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ । शीर्ष ३ मा पर्ने नेपालको सम्भावना झिनो हुँदै गएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment